चीनबाट ल्याउँदै गरेको कोरोना भाइरस परीक्षण गर्ने सामाग्री ल्हासामै रोकियो

काठमाडौं- चीनबाट ल्याउँदै गरिएको कोरोना भाईरस (कोभिड–१९) परीक्षण र उपचारका स्वास्थ्य सामाग्री ल्हासामा नै रोकिएको छ ।
स्वास्थ्य सामाग्रीको गुणस्तीयको आशंकामा ती सामाग्री चीन सरकारले ल्हासामै रोकेको हो ।

नेपाली दूतावासलाई चीनिया एक कम्पनीले ती सामाग्री अनुदानमा दिएको थियो । जुन सामाग्री तातोपानी नाकाबाट ल्याउने प्रबन्ध मिलाइएको थियो । नेपालमा किट सकिदै गएकाले तत्काल सामाग्री चाहिने भन्दै ती सामाग्री ल्याउन लागेको थियो । चीन सरकाले अनुदानमा दिन लागेको स्वास्थ्य सुरक्षा सामाग्रीको सुचीमा ती किट समावेश छैन । जसका कारण तिब्बत सरकारले ती सामाग्री रोकेको हो । चीनले १९ वटा कम्पनीहरु सुचीकृत गरेको छ ।

जसबाट चिनिया सहयोग पठाउने गरेको र सो सुचीमा बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनी छैन । सो कम्पनीले नेपाली दुतावासलाई सोझै उपलब्ध गराएको थियो । उसले ३० हजार अमेरिकी डलर बराबरको २ हजार किट सहयोग गरेको हो । चीनीयाँ स्वास्थ्य समाग्रीको गुणस्तरका विषयमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामाग्री बिच बाटैमा रोकि निर्यातयोग्य सामाग्री नभएको तिब्बत सरकारले बताएको छ । यस अघि स्पेनले चीनीया कम्पनीको सामाग्रीको गुणस्तीयतामा प्रश्न उठाउँदै सामाग्री फिर्ता गर्ने निर्णय गरिसकेको थियो ।