आइसोलेसनबाटै बिरामी भागेपछि…

उदयपुर- कोरोना संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेको ताप्लि गाउँपालिकाका ३८ वर्षीय कृतिमान मगराती भागेका छन् ।

उनीसँगै आएका अन्य २० जनालाई नेपाली सेनाको १८ नम्बर बाहिनीअन्र्तगतको रणशार्दुल गण वेलस्रोत सुरक्षा वेस क्याम्पको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिए । स्वास्थ्य परीक्षण गर्दा ९९ डिग्री ज्वरो आएका मगरातीलाई १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिदै गर्द शनिबार भागेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले बताए ।

उनी परिवार र क्वारेन्टाइनमा रहेका साथीको समेत सम्पर्कमा नभएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी प्रेमसागर केसीले बताए । मगराती साथीसँगै क्वारेन्टाइनमा जान माग गरिरहेको अस्पतालले जनाएको छ ।