कोरोना भाईरसको संक्रममणले स्पेनकी राजकुमारीको निधन

मड्रिड– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

द सनले लेखेको खबरअनुसार राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको बताइएको छ ।

स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७२ हजार २४८ संक्रमित भइसकेका छन् । यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८१२ पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।