स्वास्थ्य विभागले झण्डै ३० करोडको स्वास्थ्य सामग्री ल्याउन तीन कम्पनीसँग सम्झौता

काठमाडौ– विभिन्न किसिमका गाउन,विभिन्न किसिमका मास्क,घुँडासम्म आउने प्लाष्टिक सु-कभर,उपचारका लागि लगाउने सुरक्षित चस्मा,आइसोलेसनमा राखेका बिरामी उपचार गर्दा लगाउने विभिन्न किसिमका गाउन किन्ने सम्झौता भएको छ।

तीन वटा कम्पनीसँग झण्डै ३० करोडको स्वास्थ्य सामग्री स्वास्थ्य विभागले खरिद गर्न लागेको हो।

तीन कम्पनीमध्ये ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि १८ करोड ९५ लाख ६२ हजारको सम्झौता भएको छ।

हाम्रो मेडी कन्सर्नसँग ६ प्रकारका स्वास्थ्य सामग्रीका लागि ९ करोड २२ लाख ६९ हजार रुपैयाँको सम्झौता भएको छ।

लुम्बिनी हेल्थ केयर प्राइभेट लिमिटेडसँग ३ प्रकारका स्वास्थ्य सामग्रीका लागि १ करोड ८१ लाख ११ हजार रुपैयाँको सम्झौता भएको छ।