इलाम जिल्लाबासीलाई घर फर्काउन पहल थालियो

काठमाडौं– विभिन्न कारणले इलामबाट अन्य ठाउँमा रहेका र लकडाउनमा फसिरहेका इलाम जिल्लाबासीलाई घर फर्काउने पहल शुरु भएको छ ।
जिल्ला समन्यव समिति इलामको पहलमा बुधबार बसेको बैठकले इलाम जिल्लाका सम्पूर्ण स्थानीय तहहरुलाई उदयपुर जिल्लाबाहेक अन्य ठाउँमा रहेका नागरिकहरुको विवरण पठाउन निर्देशन दिएको हो ।

लकडाउनमा फसेका इलामेलीहरुलाई घर फर्काउने पहलस्वरुप व्यक्तिहरुको तथ्यांक संकलनको काम शुरु भएको इलामका जिल्ला समन्वय अधिकारी हरी बहादुर दाहालले बताए । दाहालकाअनुसार अबको ३÷४ दिनभित्रैमा व्यक्तिगत विवरण संकलन सकिएपछि नागरिकहरुलाई आ–आफ्नो गाउँ–ठाउँ फर्काउन शुरु गरिनेछ । ‘जिल्ला बाहिरबाट आउनेहरुलाई ¥यापीड टेस्ट गरिन्छ र आवश्यक भए क्वारेन्टाइनमा पनि बस्नुपर्ने छ ।’ अधिकारी दाहालले भने, ‘सवै स्थानीय तहहरुलाई ¥यापीड जाँच गर्ने कीट पठाईसकिएको छ र सवै तहहरुलाई क्वारेन्टाईनको क्षमता पनि बढाउन जानकारी गराईसकेका छौँ । यसरी जिल्ला फर्कन चाहनेहरुलाई निःशुल्क यातायाको व्यवस्था हुने छ ।’

देउमाई नगरपालिका वडा नम्बर ४ का राजेन्द्र बास्तोला पनि आफ्ना जनताहरुलाई घरसम्म ल्याउने प्रवन्ध गर्न कुनै कसुर बाँकी नराख्ने बताउँछन् । बास्तोला भन्छन्, ‘आजैबाट सार्वजनिक सूचना जारी गर्छौँ, स्थानीय टोल प्रतिनिधिहरुमार्फत हरेक वडाभित्रका व्यक्तिहरुको तीन दिनभित्र सम्पूर्ण विवरण संकलन गरी जिल्ला समन्वय समितिमा पेश गर्छौँ र सवैलाई निःशुल्क गाडीको व्यवस्था गरि घर फर्काउँछौँ ।’

हेर्नुहोस् जिल्ला समन्यव समिति इलामको पत्र ।