भारतको केरलामा मास्क नलाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना

केरला, भारत– भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई रु पाँच हजार जरिवाना गरिने जनाएको छ ।

केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएको हो । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएका हुन् ।

त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरीवाना दिने बताइएको छ ।

पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ ।

केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपाय कडा पारेका छन् । यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ ।