लकडाउनले सिकाएको पाठ

१. धनी मानिसहरू अनि विकसित देसको भन्दा गरिब अनि हाम्रो जस्तो देसको मानिसहरु निरोगी हुँदारहेछन् । रोगसँग लड्ने क्षमता पनि गरिब अनि प्राकृतिक रुपमा सुन्दर देसमा बढी हुँदो रहेछ ।

२. चिडिया घरमा बस्ने जनवारको जीवन कस्तो हुन्छ भन्ने महसुस भयो ।

३. गाडी बिना पनि जीवन चल्दो रहेछ झन् शरीर दह्रो–खरो हुँदो रहेछ ।

४. रुपैयाँ पैसाको महत्व भन्दा खानेकुराको उत्पादन भनेको महत्वपूर्ण रहेछ त्यसैले खाली भएको बारीलाई सदुपयोग गरि उत्पादनमा जोड दिँदै आत्मनिर्भर हुनु नै उत्तम रहेछ ।

५. अब नेपाली जवानहरु र शिक्षितहरु बिदेसमा होइन आफ्नै देसमा बसी देस विकास गर्नुपर्ने बेला आएछ किन की विकसित देस भन्दा हाम्रै देस सुन्दर र प्राकृतिक स्रोत–साधनले भरिपूर्ण र प्राकृतिक जीवनको लागि हाम्रै देस उत्तम रहेछ ।

६. कुनै बेला वा चाँडै नै रुपैयाँ–पैसाको महत्व नहुने देखियो र फेरि पनि उहिलैको जस्तो सामान साटा–साट गर्ने (वस्तु विनिमयको) बेला नआउला भन्न सकिएन त्यसैले हरेक मानिसले केहि न केहि काम गरि उत्पादन पनि गर्ने अनि आफ्नो स्वास्थ्य आफ्नै हात मा राख्नु पर्ने देखियो किन कि हरेक रोग वा माहामारी हामी सङ्गै हुदो रहेछ । जति बेला सरीरको रोगसँग लड्ने क्षमता घट्छ तत्कालै रोगले आक्रमण गरि हल्दो रहेछ त्यसैले शारीरिक श्रम बढाउनु पर्ने देखियो ।

७. अबको विश्वको आर्थिक अवस्था भनेको एकदमै दयनीय हुने आवस्था देखिन्छ त्यसैले अबको विश्वको सक्षम अर्थतन्त्र भनेको नै शिक्षित, निरोगी जनता अनि खानेकुरामा वा समग्र उत्पादनमा आत्मनिर्भर । घर–गाउँ, सदरमुकामको साथ साथै मुलुक नै यो विश्वको आवस्यकता देखिन्छ त्यसैले यो समय भनेको हाम्रो जस्तो देसको लागि देस विकास गर्ने अवसर हो भनेर देसको कुसल नेतृत्वले हरेक नेपाली जनतालाई शारीरिक काम र स्वास्थ्यको सम्बन्ध, बस्तुको उत्पादन र यसको महत्व, प्रकृतिसँगको जिबित प्राणीको जिबन र जगतको सम्बन्धको बारेमा सबै नेपाली लाई बुझाउँदै नेपाल सरकारले आफ्ना सम्पूर्ण गाउँ देखि सिंहदरवारसम्मको संयन्त्रलाई प्रयोग गरेर विदेसबाट फर्केको, फर्कनेलाई अनि जान लगेकोहरुलाई हरेक गाउँको बाँझो जमिनलाई कुन ठाउँमा के उपयुक्त हुन्छ बैज्ञानीकहरुको सल्लाह अनुसार वा वैज्ञानिक तरिकाले रेखांकन गरी त्यस ठाउँको जनताहरुलाई उचित तालिमको व्यवस्था गर्नुपर्ने देखियो ।
आवश्यक मात्रामा अग्र्याानिक बीउ किसान लक्षित आर्थिक अनुदान, ठाउँठाउँमा सरकारले नर्सरी तथा कृषि प्राबिधिकको व्यवस्था, ठाउँठाँउमा कृषि बजारको व्यवस्था तथा आवस्क कार्यहरु गरि उत्पादनलाई बढाउनु पर्ने देखिन्छ ।

करण लामिछाने गुरुङ

८. सरकारले आफ्नो सम्पूर्ण संयन्त्र लाई उपयोग गरि विकास निर्माणको काममा मेसिन लाई कम मात्रामा उपयोग गर्दै गाउँको जनताहरुलाइ नै उचित गाँस बाँसको व्यवस्था गरि हाल चलिरहेको टेन्डर सिस्टमलाई खारेज गरी हरेक मानिसलाई चाहे गाउँ या सहरको होस् अनिवार्य शारीरिक श्रम गराउँदै देस निर्माण तथा स्वस्थ नागरिकको विकास गर्दै देस विकास गर्नुपर्ने देखिन्छ ।

९. हामी सँग समय धेरै छ त्यसैले यसको समयमा नै सहि तरिकाले उपयोग गरौ भविश्यमा हुने खतरालाई न्यूनिकरण गरौँ ।

१०. अप्राकृतिक भोजनलाई त्याग्दै प्राकृतिक भोजनको बृद्धि गर्नुपर्छ भने ‘आहार, बिहार, बिचार यो जीवन रहेसम्मलाई तर प्रकृतिको सरल नियम सधै भरी लाई’ भन्ने बुझि आगामी जीवनको लागि पनि प्रकृति चाहिन्छ भन्ने बुझ्नु पर्ने रहेछ ।

११. विश्वव्यापी मौसम परिवर्तनमा केही सकारात्मक असर देखिने हुनाले दीगो विकास लक्ष्यको प्राप्तिका लागि विकास अवधारणाहरुले महत्व पाउँछ र कालान्तारमा सवैकुरा सन्तुलित हुने देखिन्छ ।

१२. वैदेशिक रोजगारी एवं आप्रवासी कामदारको उल्लेख्य रुपमा गिरावट आउँछ र सुरुको केही वर्ष मुलुकको अर्थतन्त्र असन्तुलित भए पनि भविस्यमा आत्मनिर्भर अर्थतन्त्रको जगको रुपमा काम गर्दै विस्तारै आत्मनिर्भर अर्थतन्त्रको रुपमा देस स्थापित हुन्छ ।