नेकपाले स्थायी समितिको बैठक बोलाउने, तेस्रो अध्यक्ष बन्न नेपालद्वारा अस्वीकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार राति सम्पनन सचिवालयको बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो । पार्टीका २० स्थायी समिति सदस्यले त्यसका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र समेत बुझाएका थिए । स्थायी कमिटिमा प्रचण्ड र नेपालको बहुमत भएकोले स्थायी कमिटिको बैठकलाई अब फेरि चासोको साथ हेरिएको छ ।

त्यसैगरी माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने विषयमा नेपालले ठाडो अस्वीकार गरेपछि त्यो विषय पनि च्याप्टर क्लोज भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेपछि प्रचण्डसहितका अन्य नेताहरु पनि अलि मथ्थर भएको बताइएको छ ।
यस्तै उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको पनि बताइएको छ ।

बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय समेत गरेको छ ।