अफगानिस्तानमा ७० लाख बालबालिका भोकमरीमा

काठमाडौं– सेभ द चिल्ड्रनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्यधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ ।

यसका लागि अन्तराष्ट्रिय समुदायले तत्काल कुनै कदम नचाले अफगानिस्तानले भोक, रोग र मृत्युको आँधीको सामना गर्नुपर्ने भन्दै सेफ द चिल्ड्रेनले बिश्व जगतलाई सचेत तुल्याएको छ ।

अफगानिस्तानमा कुल जनसंख्याको एक तिहाइ जनसंख्या बालबालिकाको छ । एजेन्सी