सिरहामा एक पुरुषको घाँटी रेटी हत्या

लहान– घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ । स्थानीय ४० वर्षीय मोहम्मद सरिफ मियाँको हत्या गरिएको अवस्थामा घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गरिएको अवस्थामा फेला परेको मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।

शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उनले बताए । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र घटनाबारे थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।