आज बस्ने नेकपा स्थायी कमिटी बैठकमा भारतद्वारा अतिक्रमित भूमि लिपुलेकबारे छलफल हुने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज ११ बजे बस्ने स्थायी कमिटीको बैठकमा सरकारको नीति तथा कार्यक्रमका साथै भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकको बारेमा समेत छलफल गर्ने एजेण्डा छ ।

यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका सदस्यहरुको अनिच्छाका कारण बैठक स्थगित गरिएको थियो ।

त्यसयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक(पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत थिएनन् । तर एकाएक बैठक तय भएको सूचनासहित स्थायी समिति सदस्यहरुलाई बैठकमा बोलाइएको छ ।

यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्ट स्थायी कमिटीका २० सदस्यहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेरै स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । त्यसपछि सचिवालय बैठकले २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गर्‍यो ।