कोरोनाभाइरससँग खेलाँची नगरौँ, कोरिया, जर्मनी र चीनमा फेरि संक्रमण बढ्न थाल्यो

अर्थतन्त्र जोगाउने नाममा गरिएको खुकुलोपनाले ठूलो मुल्य चुकाउनुपर्ने हुनसक्छ

काठमाडौं- कोरोनाको संक्रमण कम हुँदै गएपछि लकडाउन खुकुलो बनाउँदै गएको चीन, जर्मनी र दक्षिण कोरियामा कोरोनाको संक्रमण फेरि बढ्दै गएको छ । यसले लकडाउनलाई खुकुलो बनाउँदै गएका तथा बनाउने तयारी गरिरहेको युरोप, अमेरिका लगायत विश्वभरिकै देशहरुमा कोरोना संक्रमणको नयाँ लहर आउन सक्ने खतराको घण्टी बजाइदिएको छ ।

अहिलेसम्म संसारभरिमा कोरोनाले ४२ लाख बढीलाई संक्रमित तुल्याइसकेको छ भने यसैको कारण २ लाख ८४ हजार बढीको मृत्यु भइसकेको छ । अप्रिल महिनाको अन्त्यतिर कोरोना संक्रमितको संख्या विश्वव्यापी रुपमै कम हुँदै गइरहेकोमा अहिले फेरि त्यो बढ्न थालेका छ । यतिखेर कोरोनाको संक्रमण पश्चिम युरोप र अमेरिकाबाट अफ्रिका, दक्षिण अमेरिका, दक्षिण एशिया र पूर्व सोभियत संघका देशहरुमा फैलिँदै गइरहेको देखिन्छ ।

सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण देखापरेको चीनमा कोरोना करिब करिब पूर्णतः निको भएको ठानिएकोमा फेरि नयाँ रोगीहरु देखापर्न थालेका छन् । गत मे ४ मा मात्रै चीनमा कोरोनाका नयाँ १४ रोगीहरु देखापरे जसमध्ये १ जना त त्यो भाइरसको उद्गम मानिएको हुवेई प्रान्तका छन् । यो यसकारण पनि चिन्ताजनक छ कि विगतका केही हप्ताहरुमा चीनमा संक्रमितको संख्या १ अंकमा झरेकोमा अहिले फेरि त्यो २ अंकमा पुगेको छ ।

चीनले जनवरीदेखि मार्चसम्मको कडा लकडाउन, व्यापक परीक्षण, क्वारेन्टाइन, संक्रमितको पहिचान र खोजी तथा स्वास्थ्यकर्मी, कर्मचारी तथा नागरिकहरुमा व्यक्तिगत सुरक्षाका उपकरणहरुको अनिवार्य उपयोग जस्ता उपायहरु अवलम्बन गरेको थियो । सोही कारण चीनमा कोरोनाको संक्रमण करिब करिब नियन्त्रणमा आइसकेको थियो ।

तर कोरोनाभाइरस संक्रमितको संख्या न्यून हुँदै गएपछि (नयाँ संक्रमितको संख्या करिब करिब शून्यमा झरेपछि) चीनले कडाइलाई खुकुलो पार्दै लग्यो । मानिसहरु काममा फर्कन थाले, थुप्र्रै ठाउँका स्कुलहरु खुले, शहरहरुम आगन्तुकहरुलाई स्वागत गरिन थालियो ।

तर त्यसलगत्तै चीनमा संक्रमण बढेर जान थालेको छ । गत सोमबारमात्रै चीनमा संक्रमणका १७ नयाँ केसहरु देखापरे । यो भनेको गत अप्रिल २८ यताको सबैभन्दा उँचो दर हो । यसपछि अहिले चीनमा संक्रमितको संख्या ८२,९१८ पुगेको छ भने त्यसैबाट मृत हुनेहरुको संख्या ४६३३ । यो डरलाग्दो स्थितिको आँकलन गरेरै अहिले चीनले उहानका १ करोड १० लाख सबैजनाको कोरोना परीक्षण गर्ने विशाल योजना अघि सारेको छ ।

त्यसलगत्तै चीनमा संक्रमण बढेर जान थालेको छ । गत सोमबारमात्रै चीनमा संक्रमणका १७ नयाँ केसहरु देखापरे । यो भनेको गत अप्रिल २८ यताको सबैभन्दा उँचो दर हो । यसपछि अहिले चीनमा संक्रमितको संख्या ८२,९१८ पुगेको छ भने त्यसैबाट मृत हुनेहरुको संख्या ४६३३ । यो डरलाग्दो स्थितिको आँकलन गरेरै अहिले चीनले उहानका १ करोड १० लाख सबैजनाको कोरोना परीक्षण गर्ने विशाल योजना अघि सारेको छ ।

उता कोरोनाभाइरसको महामारीलाई सफलतापूर्वक नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले पनि सफलता प्राप्त गरेको थियो । त्यहाँ कोरोनासंक्रमणको केसहरु नाटकीय ढंगले घटेको थियो । कोरियाले पनि चीनले जस्तै कोरोनानियन्त्रणका लागि कठोर उपायहरु अवलम्बन गरेको थियो ।

दक्षिण कोरियामा एउटा २९ वर्षीय विरामीले गत मे १ का दिन योन्जिन शहरको इटावन क्षेत्रका पाँच वटा नाइट क्लबहरुमा घुमेका थिए । सोही व्यक्ति त्यसपछि नजिकका गायोन्गी र गाङवन प्रान्तहरुमा घुमेका थिए । तर पछि उनमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखियो । त्यस दौरानमा उनी करिब १३०० मानिसहरुको सम्पर्कमा आएका थिए, जसमध्ये ५४ जनामा अहिले संक्रमण भएको देखिएको छ । अहिले दक्षिण कोरियाका सरकारले लगातार संक्रमितको पहिचान गर्ने कार्यलाई जारी राखेकोले यो संख्या थप बढेर जाने निश्चित छ । यो स्थितिमा दक्षिण कोरियाको सरकारले मुलुकका सबै नाइट क्लबहरु र त्यस्तै खालका सबै संस्थाहरु अनिश्चितकालको लागि फेरि बन्द गराएको छ ।

उता जर्मनीमा पनि संक्रमणको संख्या फेरि बढेर गएको छ । यद्यपि संक्रमितहरुको नयाँ क्षेत्र त देखापरेको छैन तर त्यहाँ महामारीको निगरानी गरिरहेका संस्था रोबर्ट कोच इन्स्टिच्यूटले जनाएअनुसार गएको हप्तामा संक्रमण १.१ को दरले बढेर गएको छ । यसको अर्थ के हो भने त्यहाँ संक्रमणका नयाँ केसहरु फेरि बढेर जाने देखिएको छ ।

यी तीनवटै मुलुकहरुमा कोरोनाभाइरस संक्रमणका नयाँ केसहरु त्यहाँ लकडाउनका उपायहरुलाई आंशिक रुपमा खुकुलो पारिएपछि देखपरेको छ । जर्मनीले सबैभन्दा पहिले अप्रिल ३० देखि म्युजियम, स्मारक, बगैंचा, पार्क र चिडियाखाना तथा धार्मिक स्थलहरु खुला गरेको थियो । उता चीनले पनि आफ्नो कठोर लकडाउनलाई अप्रिलको मध्यदेखि नै खुकुलो बनाउन र हटाउन शुरु गरेको थियो । यद्यपि चीन र जर्मनीमा देखिएको संक्रमण सोझै त्यहाँको आर्थिक गतिविधिसँग जोडिएको त देखिन्न तर दक्षिण कोरियामा चाहिँ त्यो त्यसैसँग जोडिएको देखिन्छ ।

यी तीनवटै मुलुकहरुमा कोरोनाभाइरस संक्रमणका नयाँ केसहरु त्यहाँ लकडाउनका उपायहरुलाई आंशिक रुपमा खुकुलो पारिएपछि देखपरेको छ । जर्मनीले सबैभन्दा पहिले अप्रिल ३० देखि म्युजियम, स्मारक, बगैंचा, पार्क र चिडियाखाना तथा धार्मिक स्थलहरु खुला गरेको थियो । उता चीनले पनि आफ्नो कठोर लकडाउनलाई अप्रिलको मध्यदेखि नै खुकुलो बनाउन र हटाउन शुरु गरेको थियो ।

उता इरानमा पनि कोरोनाभाइरसका केसहरुमा तीब्र बृद्धि भएपछि खुजेस्थान प्रान्तको अबादन काउन्टीमा लकडाउन लगाउनुपरेको छ । त्यस प्रान्तका गर्भनर घोलामरेजा सारिआतीले भनेका छन्, ‘प्रान्तमा संक्रमण केसहरुमा तेब्बर बृद्धि भएको छ, र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्यामा तेब्बर बृद्धि भएको छ ।’ अमेरिकी नाकाबन्दीले अस्तव्यस्त जस्तै बनेको अर्थतन्त्र कोरोनाको कहरबाट थप ध्वस्त बन्दै गएकोमा त्यसलाई सम्हाल्नका लागि इरानले कठोर प्रयास गरिरहेको छ ।

कोरोनाको महाव्याधिको प्रकोप केही कम हुँदै जाँदैमा लकडाउनलाई खुकुलो पारिहाल्न नहुने चेतावनी विश्व स्वास्थ्य संगठनले बारम्बार दिँदै आएको छ । गत शुक्रबार मात्रै एक पत्रकार सम्मेलनमा संगठनका डा. मारिया भान केरखोबले चेतावनी दिएका थिए, ‘अहिले विस्तारै अर्थतन्त्रलाई खोल्दै गएका देशहरुबाट हामीले सिकिरहेका छौं–हामीले पहिले पनि भनेका छौं कि एक पटक कोरोनाभाइरस नियन्त्रणका लागि अपनाइएका ती उपायहरु हटाइएपछि, तिनीहरुलाई अति विस्तारै लेखाजोखासहित र नियन्त्रित ढंगले लेखाजोखा गरिनुपर्छ किनभने फेरि भाइरसले टाउको उठाउन सक्ने सम्भावना छ ।’

डा. मिचेल रायनले पनि त्यही विषयमा कुरा गर्दै यस संसारका कुनै पनि देश वा क्षेत्रलाई एक पटक खुला गर्दा उनीहरुले हामीले फेरि व्यापक जनस्वास्थ्य निगरानीमा जानुपर्ने असहज वास्तविकतालाई वेवास्ता गरिरहेका छन् । हामी फेरि त्यही ठाउँमा फर्कनुपर्ने हुन्छ, जुन स्थानमा हामी महिनौं अगाडि थियौं– संक्रमणका केसहरु पत्ता लगाउने, संक्रमणलाई पहिचान गर्न पछ्याउने, परीक्षण गर्ने, पोजेटिभ रिजल्ट देखिएकालाई आइसोलेट गर्ने र तिनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइन गर्ने ।’

थुप्रै देशहरुलाई आफूलाई खुकुलो पार्नेदिशातिर जाँदै गर्दा कोरानाविरुद्ध चालिएका कदमहरुलाई पालना नगर्ने स्थिति बढ्दै जाने देखिएको छ । संसारभरि नै थुप्रै देशहरु अर्थतन्त्र बचाउने नाममा मानवीय जीवनमाथि नै खेलवाड गर्ने खतरा बढेको आवाज उठ्न थालेका छ । डा. रायन भन्छन्, ‘अहिले हामी यो नोबेल कोरोनाभाइरसले शरीरमा कसरी असर गर्छ, यो रोग कसरी विकसिछ हुन्छ र यसको संक्रमणले के असरहरु गर्छ भन्नेबारे बुझ्नमा अत्यन्तै प्रारम्भिक चरणमा मात्रै छौं ।’

थुप्रै देशहरुलाई आफूलाई खुकुलो पार्नेदिशातिर जाँदै गर्दा कोरानाविरुद्ध चालिएका कदमहरुलाई पालना नगर्ने स्थिति बढ्दै जाने देखिएको छ । संसारभरि नै थुप्रै देशहरु अर्थतन्त्र बचाउने नाममा मानवीय जीवनमाथि नै खेलवाड गर्ने खतरा बढेको आवाज उठ्न थालेका छ ।

तर यस्ता कदमले फेरि कोरोनाको कहरले थप टाउको उठाउने खतरा बढेको विज्ञहरु बताउन थालेका छन् । यसैक्रममा डा. रायन भन्छन्, ‘अहिले हामी यो नोबेल कोरोनाभाइरसले शरीरमा कसरी असर गर्छ, यो रोग कसरी विकसिछ हुन्छ र यसको संक्रमणले के असरहरु गर्छ भन्नेबारे बुझ्नमा अत्यन्तै प्रारम्भिक चरणमा मात्रै छौं ।’

हुन पनि यो नोबेल कोरोनाभाइरसका बारेमा दिनहुँ जसो नयाँ नयाँ तथ्यहरु प्रकाशमा आइरहको छन् । शुरुमा स्वास प्रश्वास प्रणालीमा मात्रै असर गर्ने भनिएको यो भाइरसले पछिल्ला दिनहरुम ३० वर्षका युवाहरुमा शरीरमा रगत जम्ने समस्या पैदा गर्ने कुरा विज्ञानले पत्ता लगाइरहेको छ । त्यसैगरी, यो भाइरसले संक्रमित गरेका मानिसको कलेजो, मुटु, मस्तिष्कहरुमा जटीलता पैदा गर्ने पनि पत्ता लागेको छ । यो भाइरसका बारेमा विज्ञानले पत्ता लगाउँदै गरेका नयाँ नयाँ तथ्यहरुले चिच्याइचिच्याइ यसलाई खेलाँची ठान्न नहुने, यसलाई नियन्त्रण र रोकथाम गर्नको लागि अपनाइका उपायहरु थप कठोरताका साथ केही समय कायम गरिराख्नै पर्ने आवश्यकता बोध गराइरहेको छ । विशेष गरेर यसका विरुद्धमा भरपर्दो–प्रभावकारी खोप र औषधिहरु नबनेसम्म विशेष सावधानीहरु अपनाउनै पर्ने आवश्यकताबोध यसको फैलँदो संक्रमणले गराइरहेको छ ।

विश्वभरिकै स्वास्थ्यविद्हरुले कोरोनालाई खेलाँची ठान्न नहुने तथा नोबेल कोरोनाभाइरसको महामारी अन्त्य हुन निक्कै समय लाग्ने चेतावनी पटक पटक उँचो स्वरमा दिइरहेका छन् । तर अहिले अर्थतन्त्र ध्वस्त हुँदै गएको नाममा, कोरोनामाथि नियन्त्रण पाउँदै गएको भ्रममा कोरोनाविरुद्ध अपनाइएका उपायहरु खुकुलो पार्दै जाने, यसलाई कम आँक्ने काम हुन थालेको छ । यसले अर्थतन्त्रको बलीबेदीमा ठूलो संख्यामा मानवजीवन र मानवतालाई आहुति दिने स्थिति निम्त्याउने खतरा बढाएको छ । स्रोतः वर्ल्ड सोसलिस्ट वेभसाइट,बीबीसी