भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए ।

हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।