भीआईपीका सुरक्षागार्डमा कोरोना संक्रमण देखिएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं– भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको भन्दै नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।

आज स्थगित भएको नेकपा स्थायी कमिटीको बैठक अर्को कुन मितिमा बस्ने भन्ने कुनै जानकारी गरिएको छैन ।