सुत्केरी बोकेको एम्बुलेन्स खोलामा

कोहलपुर– बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेको एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ । एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहितकी नवजात, उनका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परी घाइते भएकाहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र ती खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।