आज फेरि २४ जनामा कोरोना संक्रमण थपियो, जम्मा संख्या २ सय ४३ पुग्यो

काठमाडौं– थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै अब २ सय ४३ जना संक्रमितको संख्या पुगेको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।