नेपालमा दुई जनामा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो, पास भिरेर काठमाडौं आएकामा भेटियो संक्रमण

काठमाडौं– नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् ।

बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।