मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

मेक्सिको– मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा हरू ११ जना जीवनमरणको दोशाँधमा रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ ।

मदिरा सेवन गरेपछि ती मानिसहरू वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए । स्थानीय अधिकारीहरूले कोरोनाभाइरस महामारीका कारण बजारमा बियर र हरू प्रशोधित मदिरा पाइन छाडेको छ । त्यही कारण मानिसहरूले मिसावटयुक्त मदिरा सेवन गरेको बताइएको छ ।

गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो । एजेन्सी