आजको मौसमको पूर्वानुमान यस्तो छ

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको समेत जनाएको छ ।

यसैगरी, शनिबार दिउँसो भने देशको पूर्वी भाग र मध्य पहाडी भागमा सामान्य बदली हुने, पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तै, महाशाखाले दिउँसो नै पूर्वी भागका थोरै स्थान, मध्य तथा पश्चिमी पहाडी भागका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

राति भने देशको पूर्वी भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।