हात्तीको आक्रमणमा वृद्धको मृत्यु

भद्रपुर– कचनकबल गाउँपालिका–७ स्थित दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका एक वृद्धको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ ।

आज दिउँसो ८२ वर्षीय वृखबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । हात्तीले आक्रमण गरेको खबर प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको उहाँले जानकारी दिए ।

दशगजामा सालक छाडेर भागे तस्कर

झापाको कचनकबलस्थित भारतीय सीमा क्षेत्रको दशगजामा तस्करी हुन लागेका अवस्थामा नेपाल प्रहरीको गस्तीले संरक्षित वन्यजन्तुको सूचीमा रहेको एउटा सालकको उद्धार गरेको छ ।

कचनकबल गाउँपालिका वडा नं ५ स्थित ११२ र ११३ सीमास्तम्भबीचमा प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा जिउँदो सालक फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार राति गस्ती टोलीले फेला पारेको सो सालक प्रहरीले आज डिभिजन वन कार्यालयलाई बुझाएको कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । रातिको मौका छोपी भारततर्फ तस्करी गर्ने गिरोह प्रहरीको गस्ती आएपछि सालक छाडेर भागेको हुनसक्ने अनुमान गरिएको छ । बन्दाबन्दी भएयता डिभिजन वन कार्यालयले उद्धार गरेर ल्याइएका दुई मृग, एक अजिङ्गर र हुचिललाई संरक्षण गरेको जनाएको छ ।