मदिरा र यौनबीचको रोमाञ्चक जीवन

हामीकहाँ यौनलाई ‘छाडा’ विषय मानिन्छ । यौनका विषयमा खुला चर्चा गर्नु त्यती शोभनिय मानिदैन । त्यसैगरी मदिराको कुरामा पनि समाजले नाक खुच्याउँछ । एक हिसाबले यौन र मदिरा दुबै बर्जित विषय हुन् ।

रमाइलो त के भने मदिरा र यौन एकअर्काको परिपुरक हुने कतिपयको बुझाई पाइन्छ । अर्थात मदिराले यौनका लागि मुड बनाउँछ भन्ने उनीहरुको धारणा छ । अर्कोतिर मदिराले यौन जीवनलाई नराम्ररी असर गर्ने तर्क पनि गरिन्छ ।

मान्छेलाई यी दुबैप्रति अधिक चासो चाहि छ । गुगलमा धेरैले के खोजेको पाइन्छ भने, ‘के मदिराले यौन जीवनलाई उत्कर्षमा पु¥याउँछ रु’

यदि त्यसो हो भने कुन चाहि मदिरा यौनका लागि उचित हुन्छ रु के मदिरा पिएपछि पुरुषले लामो समयसम्म यौन क्रियामा भाग लिन सक्छन् रु के महिलाले मदिरा पिएपछि यौनमा अरु आनन्द लिन सक्छन् रु

मदिरा र महिलाको यौन अनुभव

मदिरा र यौनको सम्बन्धबारे सबैभन्दा पहिला विलियम शेक्सपियरले लेखेका थिए । उनले आफ्नो नाटक म्याकबेथमा मदिराको बारेमा लेखेका थिए, ‘यसले तपाईंमा इच्छा जगाउँछ तर पर्फमेन्सको मोर्चामा फेल बनाइदिन्छ ।’

अहिले यस विषयमा केही शोध भएका छन् । उक्त शोध अनुसार संयमित मात्रामा मदिराको सेवनले मुड हल्का बनाउँछ । यसले महिला र पुरुष दुबैका लागि उस्तै नतिजा दिन्छ । तर, मदिराको मात्रा बढी भएमा त्यसले यौन जीवनलाई बर्वाद बनाउँछ ।

मदिरा जब मस्तिष्क र शरीरमा हावी हुन थाल्छ तब यौन भावना हराउँछ । यौनको आनन्द महसुष गर्न सक्दैन । खासगरी महिलाले मदिरा पिएपछि यौन आनन्द अनुभूत नगर्नुको कारण मदिराले भेजाइन आसपासमा रक्त संचार जुन तिब्रतामा हुनुपर्ने हो, सो हुन दिदैन । साथै भेजाइनामा चिल्लोपन पनि कम आउँछ । यस्तो अवस्थामा महिलाका लागि यौन पीडादायी बन्न पुग्छ ।

मदिरा र पुरुषको यौन अनुभव

यसअघि पनि भनियो कि नियन्त्रित मात्रामा लिइएको मदिराले यौनको इच्छा बढाउँछ । यो महिला र पुरुष दुबैमा लागु हुन्छ । तर, जब मदिराको नसा यौनको नसामाथि हावी हुनपुग्छ, तब पुरुषमा शिथिलता आउँछ ।

बढी मात्रामा मदिरा पिएपछि पुरुषले उस्तै सक्रियताका साथ र उहि गतिका साथ यौन क्रियामा भाग लिन सक्दैनन् । त्यसो त नियमित मात्रामा मदिरा सेवनले क्रोनिक इरेक्टाइल डिसफंसन जस्ता समस्या ल्याउँछ, जसले यौन जीवनमा पनि असर गर्छ ।

मदिरा पिएपछि पुरुषहरुमा यौन रुची त जाग्छ, तर सक्रियतासाथ यौन क्रियामा सहभागी हुन सक्दैनन् ।

मदिराले यौन जीवन थप जटिल

मदिरा पिएको झोंकमा गरिने यौन क्रियामा कतिपय सावधानी अपनाइदैन । त्यसैले यस्ता यौन क्रिया असुरक्षित हुन्छ । धेरै मदिरा पिएर दम्पतीले सुरक्षित, संयमित ढंगले यौन क्रियामा सहभागिता जनाउन सक्दैनन् । त्यसैले मदिरा र यौनलाई आपसमा जोड्नु उनीहरुका निम्ति घातक हुनसक्छ ।

वेहोशीमा होइन, पूर्ण होसमा सचेतापूर्वक यौनको आनन्द उठाउनु नै उचित हुन्छ ।