यौन जीवन र कोरोना भाइरसबीचको सम्बन्ध

कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीका रुप लिएको बेला मानिसहरुमा स्वास्थ्यका बिषयमा अनेक प्रकारका प्रश्नहरु हुन्छन् ।

कतिपयलाई यो बेला शारीरीक सम्बन्ध राख्न हुन्छ कि हुन्न ? वा चुम्बन, अकंमाल गर्दा के हुन्छ भन्ने बारे धेरैको प्रश्न छ । कोरोनाको त्रासले कतिपयले शारीरिक सम्बन्ध बनाउदा आफुमा पनि सर्छ कि भन्ने डर पनि छ। यौन र यससंग सम्बन्धित केहि प्रश्न र तिनको जवाफ यस्तो छ ।

१. यो बेला यौनसम्बन्ध गर्न उपयुक्त छ ?

विवाहित वा लिभिङ टुगेदरमा रहेका जोडिहरुमा एकअर्कालाई कोरोनाको संक्रमण छैन भन्ने ढुक्क छ वा चिकित्सकबाट प्रमाणित छ भने यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा कुनै असर पर्दैन ।

तर कोहि एक पार्टनरमा कोरोना वा यससंग मिल्दो लक्षण देखियो भने त्यसबेला शारीरिक सम्बन्ध मात्र होइन दुबै बिच दुरी समेत बनाउनु पर्दछ । यस्तो अवस्थामा आइसोलेशनमा बस्नु उपयुक्त हुन्छ ।

२. नयाँ व्यक्तिसँग यौनसम्बन्ध उपयुक्त छ ?

यदि तपाईं वा नयाँ पार्टनरमध्ये कोहि एकमा कोरोना भाइरसको लक्षण देखिएको छ वा कुनै लक्षण मिल्दो छ भने यो बेला यौनसम्बन्ध बनाउनु घातक हुन्छ ।

साथै नयाँ पार्टनरसंग नजिकिनु मात्रै पनि यो परिस्थितिमा हानिकारक साबित हुन सक्छ । त्यसैले यो बेला नयाँ यौन साथी बनाउनु हुदैन ।

३. के चुम्बनबाट कोरोना सर्छ ?

पक्कै पनि चुम्बनबाट कोरोना सर्दछ । चुम्बन मात्र नभई हात मिलाउँदा, अंकमाल गर्दा वा सामुन्नेमा रहेको मानिसले खोक्दा कोरोना सर्दछ । त्यसैले यो बेला जतिसुकै भरपर्दो पार्टनर भए पनि चुम्बन नगर्नु नै उत्तम हुन्छ ।

तर कोहि ब्यक्तिलाई तपाई चुम्बन गर्नु भएको छ भने तत्काल आफुलाई आइसोलेसनमा राख्नुहोस् । आफ्नो स्वास्थ्य लक्षणहरुमा निगरानी गर्नुहोस् । यदि १४ दिन भित्र कोरोनाको लक्षण देखिए तत्काल उपचारमा जानुहोस् ।

४. के कण्डमको प्रयोगले संक्रमण हुनबाट बचाउँछ ?

यहाँ मुख्य प्रश्न कोरोना भाइरसको संक्रमणलाई कण्डमले रोक्छ वा रोक्दैन भन्दा पनि शारीरिक सम्र्पकका बेला गरीने अरु क्रियाकिलापबाट कोरोना सर्छ भन्नेमा विश्वस्त हुनु पर्दछ ।

कण्डमको प्रयोग गर्दै संक्रमितबाट कोरोना सर्दैन भन्ने हुदैन । कण्डमले यौनागंमा हुने संक्रमण बचाउँछ तर यौन क्रियाकलापका समयमा हुने अन्य गतिविधिबाट कोराना सर्ने संभावना उच्च हुन्छ । तसर्थ कण्डम लगाउदैमा कोरोनाको संक्रमण हुनबाट बच्न सकिदैन ।

५. के पार्टनरको यौनाङ्ग छुँदा वा मुखमैथुन गर्दा कोरोना सर्छ ?

यदि कसैले आफ्नो पार्टनरको यौनाङ्ग छोएको छ वा मुखमैथुन गरेको छ भने कोरोना भाइरस सर्ने संभावना उच्च हुन्छ ।

यौनागंबाट उत्पन्न हुने योनीरस वा वीर्यबाट कोरोना सर्ने भएकाले मुखमैथुन जोखिमयुक्त छ । त्यसैले यस बेला यौनजन्य कुनै पनि गतिविधि नगर्नु नै लाभदायक हुन्छ । स्रोत : बीबीसी