आज थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं– आज विहान कोरोना भाईरसद्वारा १० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेसँगै नेपालमा कोरोना भाइरससंक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आज रौतहटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हिजो शनिबार नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो ।