एम्बुलेन्स पर्खँदा–पर्खँदै प्रणपखेरु उड्यो

बाँके– आज विहान कोरोना संक्रमणबाट बाँके नरैनापुरका २५ युवकको मृत्यु भएको छ । गत बैशाख ३० गते भारतबाट आएका ती युवकको क्वारेन्टिनमै मृत्यु भएको हो ।

आफ्नो दैनिकी चलाउन भारतमा काम गर्न गएका ती युवा भारतभरी कोरोना भाईरसले विकाराल स्वरुप लिएपछि मातृभूमि त फर्किए तर जन्मघर पुग्न पाएका थिएनन् । आएकै दिन उनलाई गाउँकै क्वारेन्टिनमा राखियो।

उनीसँगै दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिनमा अरू ३८ जना लाई पनि राखिएको थियो ।

शनिबार मध्यरातीबाट ज्वरो आएपछि भाडा–बान्ता पनि भएको मृतकका आफन्तले जनाएका छन् । झाडाबान्ताले बढी सताएपछि ओठमुख सुके र एम्बुलेन्सलाई बोलाईयो । तर, रातभर पर्खँदासमेत एम्बुलेन्स आएन र अन्ततः उनको विहान साढे ६ बजेतिर मृत्यु भयो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार राति तीन बजेदेखि उनलाई समस्या बल्झिएपछि एम्बुलेन्स बोलाईयो तर उनको मृत्युको केही मिनेटपछिमात्र क्वारेन्टिन बनाइएको विद्यालयको गेटमा एम्बुलेन्स आइपुग्यो।

पीपीई नभएकाले समयमा आउन नसकेको एम्बुलेन्स चालकले बतायो र मृत्यु भइसकेको हुँदा एम्बुलेन्स मृतकको शव नलगेरै फर्कियो ।

शनिबार संकलन गरिएको उनको स्वाबको रिपोर्ट दिउँसो अबेर मात्रै आएकोले दिनभरी शब क्वारिन्टनमै रह्यो ।

कोरोनाका कारण मृत्यु भएको पुष्टी भएपछि उनको शब गाड्ने जिम्मा दुई जनालाई दिइएको जानकारी छ । मुस्लिम समुदायको युवा भएको हुँदा गाउँकै कब्रिस्तानमा लगेर शव गाड्ने तयारी गरिएको बताइएको छ ।