जेठ २० गतेसम्म लकडाउन

काठमाडौं– सरकारले पाँचौँ पटक लकडाउन थप्दै आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

कोरोनाको संक्रमण फैलन नदिनका लागि गत चैत ११ गतेदेखि निरन्तर लकडाउन गरि रहेको छ । यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्मको लागि लकडाउन गरेकोमा त्यसपछि बढाएर चैत २५ गतेसम्म पुर्याइएको थियो । यसैगरी त्यसपछि पुनः जेठ ३ गतेसम्म बढाएकोमा त्यसपछि पनि सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउन गरेको थियो । त्यस्तै सरकारले पछिल्लो समय थप गरेको लकडाउनको समयसीमा पनि भोलि सकिँदै थियो ।