९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं– रौतहटमा ८ जनामा र बारामा १ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित संख्या ३०४ पुगेको छ ।

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।

हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।