दिवेश बने अमेरिकन आइडलको उपविजेता

काठमाडौं– नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) गायन रियालिटी शो ‘अमेरिकन आइडलको’ उप विजेता भएका छन् । दिवेशलाई पछि पार्दै जस्ट साम अमेरिकन आइडल बनिन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।