सरकारले विदेशमा रहेका नेपालीको ४ वटा मोडालिटीद्वारा उद्धार गर्ने

काठमाडौं– सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई ४ वटा मोडालिटीद्वार उद्धार गर्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्धार गर्ने प्रक्रिया र स्वदेशमा व्यवस्थापन गर्ने प्रक्रियाको खाका प्रधानमन्त्री ओली समक्ष प्रस्तुत गरेसँगै अब उद्धार हुने भएको हो ।

उद्धार गर्न र आवश्यक व्यवस्थापन गर्न परराष्ट्रमन्त्री ज्ञवालीलाई जिम्मेवारी समेत दिइएपछि मन्त्री ज्ञवालीले विभिन्न देशबाट नेपाली नागरिकको उद्धार गर्दा ४ तरिकाबाट गर्नेबारे खाका प्रस्तुत गरेका थिए ।

बिरामी भएर उपचार गर्न गएको नेपाली नागरिक, गर्भवती महिलाहरु, नेपालमा आफन्तको निधन भएर आफ्नो संस्कृति अनुसार काजक्रिया गर्न नपाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए ।