एकैदिन ६२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं– नेपालमा एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोनाबाट संक्रमित संख्या ३५७ जना पुगेको छ भने २ जनाको कोरोनाको कारण मृत्यु पनि भईसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गुल्मीपनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनबाहेक सोमबार बिहान मन्त्रालयले ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेमलनमार्फत जानकारी दिएको थियो ।

३५७ संक्रमितमध्ये २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । यस्तै ३६ जना निको भएर घर फर्किएका छन् ।