प्रदेश नं १ को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि प्राथमिकतामा (पूर्णपाठसहति)

बिराटनगर । प्रदेश नं १ को सरकारका तर्फबाट प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले आर्थिक वर्ष २०७७/७८ का लागि सो कार्यक्रम सदनमा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारीद्वारा सिर्जिएको सङ्कटबाट प्रदेशलाई मुक्त गर्नु प्रदेश नं १ सरकारको पहिलो दायित्व हुने हुने उल्लेख छ । नीति कार्यक्रममा आगामी आर्थिक वर्ष २०७७/७८मा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने उल्लेख छ ।

कोभिड–१९को नियन्त्रण, रोकथाम र उपचार कार्यमा खटिने स्वास्थ्यकर्मी, अन्य कर्मचारीहरुको मनोबल उच्च राखी कार्यसम्पादनको स्तर वृद्धि गर्न र जनसेवाप्रति समर्पित बनाउन प्रदेश सरकारले उपयुक्त ढङ्गले काम गर्ने, प्रदेशका जिल्ला स्थित अस्पताललाई आइसोलेशन वार्डसहित १०० शय्याको क्षमतामा स्तरोन्नति गरिने, आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तीमा चार भेन्टिलेटरसहित आवश्यक चिकित्सकलगायत जनशक्तिको व्यवस्था मिलाइने जनाइएको छ ।

स्थानीय विकास प्रशिक्षण केन्द्र कलवलगुडी झापालाई प्रदेश मातहतमा ल्याई कर्मचारी र पदाधिकारीको क्षमता अभिवृद्धिको मुख्य केन्द्र बनाई सञ्चालन गर्न प्रदेश लोकसेवा आयोगमार्फत आवश्यक कर्मचारी पूर्ति गरिने जनाइएको छ ।

कृषि क्षेत्रको व्यावसायीकरण, औद्योगिकीकरण र यान्त्रिकीकरणको स्रोत केन्द्रका रुपमा उदयपुरको बेलका नगरपालिकाको श्रीलङ्का टापु र मोरङको रतुवामाई नगरपालिकामा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्टको स्थापना गरिने भनिएको छ ।

यस्तो छ पूर्णपाठ