गाउँघरको मायालाई दर्शाउँदै ‘साँईला दाई’

काठमाडौं । लोक तथा दोहोरी क्षेत्रमा शिव हमाल एक बहुप्रतिभा भएका सर्जकका रुपमा स्थापित नाम हो । शब्द लेखन, संगीत र गायन विधामा उत्कृष्ट मानिनुभएका हमालले बजारमा ल्याएका हरेक गीतलाई दर्शकश्रोताले उत्तकै माया पाएको छ ।

उहाँको सिर्जनामा अहिले लगातार जसो गीतहरु बजारमा आईरहेका छ जस्लाई दर्शक स्रोताले अत्याधिक रुचाएका पनि छन् । हमालकै शब्द संगीतमा रहेको लोकदोहोरी गीत ‘साइँला दाई’ भर्खरै मात्र सार्वजनिक गरिएको छ ।

गीतमा स्वयम् सर्जक हमाल, तुलसा जिसी, चोलेन्द्र पौडेल, पार्वती जिसी, घनश्याम रिजाल र ज्योति लोहनीको आवाज रहेको गीतमा आफ्नो जन्मेको गाउँघरको मायालाई दर्शाइएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण अहिले विश्वभर त्रास छाएको छ । नेपालमा पनि यसको असर निकै देखिएको छ । नेपालमा हालसम्म ९ हजार बढि संक्रमित छन् भने २३ जनाको कोरोनाको कारण ज्यान गैसकेकोको छ ।

विभिन्न पेशा, व्यवसया तथा अध्ययनका लागि घरदेखि बाहिर बस्दै आएकाहरु सबै यतिबेला कोरोनाकै डरले गाउँघरमा फर्किएका छन् ।

भनिन्छ जन्मथलो कि दशैं कि दशामा आवश्यक पर्छ यस्तै कोरोनाका कारणले गर्दा यतिबेला अधिकांश् मानिसहरु आफ्नै गाउँघर फर्किएका छन् । बुवाआमालाई छोराछोराी भेट्न दशैं कुर्नुपर्ने स्थितीलाई कोरोनाले मेटाएको छ ।

घर परिवारसँगको बसाई, आफ्नो बाँझो खेतबारीसंगको सामिप्यता यस्ता कुराहरुलाई कोरोनाले जोडिदिएको छ । त्यसो त कोरोना महामाहरीका रुपमा फैलिएका खतरा बनेको छ सँगै यो एउटा आफन्तसँग लामोसमय बस्ने बहाना पनि बनेको छ ।

यस्ता अवस्थाहरुलाई देखेको र महसुस गरेरै यो गीतको सीर्जन भएको सर्जक शिव हमालले बताउनुभयो ।

परिवारलाई समय उपलब्ध गराउन मुस्किल परेकालाई फुर्सदिलो बनाईएको छ परिवारको माझ साँझबिहान, दिनरात सँगै राखिदिएर । कोरोना होस या भुकम्प यी दुबै संकटमा आफ्नै गाउँघर पविारको साथ आवश्यक पर्छ यहि भावलाई गीतमा देख्न सकिन्छ ।

जन्मथलो देखि टाढा कर्मथलो बनाएर बिभिन्न शहरमा बसेकाहरु यतिबेला सबै शहर छोडेर आफ्नै जन्मथलो फर्किएका छन् ।

गीतमा मुख्यत धनसम्पति जति कमाएपनि, बाहिरी सुखमा जति रमाएपनि दुखविपतमा चाहिने आफ्नै गाउँघर हो भन्ने कुरालाई प्रष्ट्याएको छ । हरेक मानिसलाई खुशी अनि सुखी आफ्नै गाउँ अनि घरपरिवारको साथ चाहिन्छ यस्तै भावलाई गीतमा समेटिएको छ ।

हमालले यो गीतलाई आफ्नै गाउँ स्याङ्जाको ज्याग्दिखोलामा बसेर तयार पार्नुभएको उहाँले बताउनुभयो । गीतलाई हमालकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।