बूढानीलकण्ठ स्कुलले शुल्क नलिने

काठमाडौँ– बूढानीलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ ।

विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन) का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताए । उनले विद्यार्थीको मासिक शुल्क पेश्कीस्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिए । विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको मासिक शुल्क भन्दै अभिभावकलाई बिल पठाएको थियो ।