कोरोनाले ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३८ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।

काठमाडौं शंखमुलका ६० वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षका पुरुष र काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।