कामपाबाट वीर र प्रसूतीगृहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वीर अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । भगिनी सम्बन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशीत क्षेत्रमा रहेको ल्हासा नगरले कामपालाई अनुदानस्वरुप दिएका केही स्वास्थ्य सामग्री ती दुई अस्पताललाई आज हस्तान्तरण गरिएको हो ।

करिब रु दुई करोड ५७ लाख २९ हजार २७५ बराबरका ती स्वास्थ्य सामग्रीमध्ये आज कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन एक थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ९पिपिइ० ५०० थान हस्तान्तरण गरिएको हो ।

त्यसैगरी प्रसूतिगृहलाई पिसिआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पिपिइ ५०० थान हस्तान्तरण गरिएको कामपा शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिए । “प्रमुख शाक्यले ल्हासा शहरले पहिलो चरणमा केही सामग्री पठाएको थियो । त्यही सामग्री हामीले स्वास्थ्य मन्त्रालयसँगसमेत समन्वय गरेर वीर अस्पताल र प्रसूतिगृहलाई हस्तान्तरण गरेका हौँ”, शाक्यले भने । कार्यक्रममा वीर अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले र प्रसूतिगृहका निमित्त निर्देशक डा सन्दिप पौडेलले आगामी दिनमा पनि महानगरपालिकासँग थप सहयोगका अपेक्षा गरेको बताए ।