भदौ १ बाट अन्तरिक तथा बाहृय हवाई उडान खुल्ने

काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेपछि चैत ५ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान र १० गतेबाट आन्तरिक उडान बन्द गरेको सरकारले यहि भदौ १ गतेदेखि उडान खोल्ने भएको छ ।

पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतबाट खुल्ने भएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।