नारायणी नदीको पानी बस्तीमा पस्दा सर्वसाधारण त्रसित

काठमाडौं– अविरल बर्षाका कारण नारायणी नदी भरतपुर महानगरपालिका विभिन्न स्थानमा पसेपछि त्यहाँका सर्वसाधारण त्रसित भएका छन् ।

नारायणी नदीको बहाब बढ्दै गएपछि भरतपुर महानगरपालिकाका १६, २६, २७ र २८ नम्बरका घरहरुमा पानी पसेको छ ।

भगडी सिसुवा, सिसै, न्यूरेचोक, गाँजिपुर क्षेत्रमा पानी पसेकोे छ । अहिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरणको गर्ने तयारी भईरहेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

यसैबीच नारायणी नदीले जल सतर्र्कता तह पार गर्दै नारायणी नदी किनारमा राखिएको हात्तीको प्रतीमा बगाएकोमा त्यसलाई स्थानीय बासिन्दाले जोगाएका छन् ।

नारायणी नदीमा बढ्दो पानीको बहावले किनारामा रहेको दुईवटा हात्तीको प्रतिमा बगाएको थियो । बगाएको हात्तीको प्रतीमा जोगाउन दर्जनौ स्थानीय बासिन्दाले लामो समयको प्रयास गरी जोगाएका हुन् ।

अविरल बर्षाका कारण नारायणी नदीले अहिले सतर्कता तह पार गरेको छ ।