लकडाउन त खुल्यो तर विद्यालय सञ्चालन कार्यविधिबारे अन्योल कायमै

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे आज सरोकार भएका पक्षसँग छलफल गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासङ्घ, विद्यालय सञ्चालन, अभिभावक महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो । कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ ।