विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या १ करोड ५० लाख नाघ्यो, ६ लाख १९ हजार ६१४ बढीको मृत्यु

जेनेभा– विश्वमा बुधबारसम्म एक करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ६३ हजार ५५५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७३३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४४ हजार ९५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख २१ हजार ४१५ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३६५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ९९ हजार ७८३ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख दुई हजार ९७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९९ हजार ७४९ को मृत्यु भएको छ ।

एसिया ३५ लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८२ हजार ७२३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा सात लाख ५३ हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५ हजार ७७९ जनाको मृत्यु भएको छ ।

ओसियानामा १४ हजार ५८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५० जनाको मृत्यु भएको छ । एजेन्सी