शिसिर पौडेलको अभिनयमा ‘दिदीब हिनीको वेदना’ सार्वजनिक

काठमाडौं । शिसिर पौडेल अभिनीत ‘दिदीबहिनीको वेदना’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक भिडियोमा मोडल शिसिरलाई ममता खड्का, विश्वास नेपाल र बाबुहरि मरासिनीले साथ दिएका छन् ।

राजेश नेपालको शब्द रहेको गीतमा राजकुमार बानियाँले संगीत भर्नुभएको छ ।

सूर्य खड्का, मनमाया वाइवा र बसन्त लम्सालको स्वारमा रहेको गीतमा कोरोना महामारीले वर्तमान अवस्थामा जनजीवनलाई पु–याएको असरलाई भिडियोमार्फत देखाइएको छ ।