विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख ९७ हजार नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड– विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा एक करोड ८४ लाख ५० हजार ८३७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७१ हजार ५९६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २८५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५८ हजार ९३१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८३५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४८ हजार ४०८ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २३ हजार १०५ जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख २४ हजार ९४४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ६४ को मृत्यु भएको छ ।

एसिया ४५ लाख २९ हजार ५९९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख ७२ हजार २८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २० हजार ६७१ जनाको मृत्यु भएको छ ।

ओसियानामा २० हजार ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २५७ जनाको मृत्यु भएको छ ।