कोरोना अपडेटः विश्वमा कोरोना भाइरसको कारण ७ लाख वढीको मृत्यु

जेनेभा, स्वीट्जरल्याण्ड– विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख चार हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ८७ लाख नौ हजार १६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २२४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ३३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४२० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २०९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५० हजार ६४७ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २५ हजार ४५० जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ४३ हजार ५३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ४७२ को मृत्यु भएको छ ।

एसिया ४६ लाख आठ हजार ८०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख दुई हजार ४३९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ ।

ओसियानामा २१ हजार २४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७२ जनाको मृत्यु भएको छ ।