मङ्गोलियाले ११ टन सुन किन्यो

उलानबटोर– मङ्गोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ ।

मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मङ्गोलियाले जनाएको छ ।

मङ्गोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित रहेको छ । बैंकका अनुसार मङ्गोलियाको यस वर्षको छ महिनाको अवधिमा तीन अर्ब ६० करोड अमेरिकी डलर सञ्चित रहेको छ ।

विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा सञ्चिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।