गायिका लक्ष्मी पुरीको मौलिक तीज गीत ‘माइती र चेली’

काठमाडौं । गायिका लक्ष्मी पुरी प्रधानले नजिकिँदै गरेको तिज पर्वलाई लक्षित गर्दै तिज गीत ‘माइती र चेली’ बजारमा ल्याएकी छन् । गायिका लक्ष्मीले आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेको उक्त गीत किरण के। उप्रेतीले लेखेका हुन् भने डीबी लामाले संगीत गरेका छन् । गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् साथै सुबाश लिम्बुले सम्पादन गरेका छन् ।

लकडाउनका कारण झापामा रहेकी गायिका लक्ष्मी पुरीले सामाजिक दूरी कायम गर्दै झापामा नै रहेर यो गीतलाई रेकर्ड गरेकी हुन् । गायनको निरन्तरतामा तिज पर्वमा गत वर्षहरुमाझैं यो वर्षको तिजमा पनि गीत सार्वजनिक गरेकी हुन् । उक्त गीतको रेकर्डिङ कार्य सन् लाइट रेकर्डिङ स्टुडियो बिर्तामोड झापामा भएको थियो। गीतलाई मिक्सिङ मास्टरिङ जोनी तामाङ योन्जनले गरेका हुन् । गीतमा माइती र चेलीबीचको सम्बन्धलाई प्रस्तुत गरेको उनले बताएकी छन् ।