रोजी र सुजाताको तीज ‘सलहको बगाल बारीको पाटामा’

काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान चाड चिजलाई सांस्कृतिक पर्वका रुपमा पनि हेरिन्छ । हिन्दू नारीहरुका लागि यो एउटा महत्व बोकेको पर्व हो । यही पर्वलाई उत्साह र उल्लासपूर्ण बनाउन गायक गायिकाहरु तिजका गीतहरु लिएर आउने गरेका छन् । यसैक्रममा गायिका रोजी श्रेष्ठ र सुजाता केसीले नयाँ गीत ‘सलहका बगाल बारीको पाटामा’ बजारमा ल्याएका छन् । ‘सलहका बगाल बारीको पाटामा’ गीत गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतकार अधिकारी दाङमा रहँदा सलह र कोरोनाको दुःख भोगिरहेका बेला आएको तिजलाई गीतमा उतारेका थिए । गीतलाई लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका हुन् । गीतमा संगीत संयोजन संगीतकार पोखरेलकै रहेको छ ।

‘सलहका बगाल बारीको पाटामा’ भिडियोमा भिडियोमा दिपाशा बिसि र शुशिला थापाले छमछमी कम्मर भाचेका छन् । म्युजिक भिडियोको कोरियोग्राफ र निर्देशन काजिश श्रेष्ठले गरेका हुन । अजय रेग्मीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन ।