एशियन फिफा वल्र्डकप क्वालिफाइंग खेलहरु स्थगित

जुरिच– फिफाले एशियन फुटबल कन्फेडरेसन (एएफसी)सँग २०२२ फिफा वल्र्ड कप र २०२३ एएफसी एशियन कपको एशियामा हुने आगामी क्वालिफाइङ्ग खेलको समयतालिका स्थगित गर्ने बुधवार निर्णय गरेको छ ।

सुरुमा यस वर्ष अक्टोबर र नोभेम्बरमा अन्तरराष्ट्रिय खेल विन्डोजको समयमा आयोजना हुने सयमतालिका रहेको थियो । कोरोना भाइरसको महामरीको कारण अब यो खेल सन् २०२१ मा सारिएको छ । कोरोना भाइरसको महामरीको कारण हाल विश्वका धेरै देश प्रभावित भएका छन् ।

फिफा र एएफसीले संयुक्तरूपमा फिफा वल्र्ड कप कतारमा २०२२ र एएफसी एशियाई कप चीन २०२३ को लागि हुने क्वालिफाइङ्ग खेल यसै वर्षको अक्टोबर र नोभेम्बर हुने कार्यक्रम तय भएको थियो ।

क्वालिफाइङ्ग खेलका लागि नयाँ मिति तय गर्न फिफाले एएफसीसँग मिलेर काम गर्ने बताएको छ । सबै सहभागीको स्वास्थ्य र सुरक्षाको उद्देश्यका साथ फिफा र एएफसीले क्षेत्रको अवस्थालाई नजिकबाट अनुगमन गर्न र सम्बन्धित योग्यताका लागि नयाँ मिति तय गर्न सँगै मिलेर काम बताएको छ ।

नयाँ मितिको बारेमा थप विवरण फिफा वल्र्ड कप २०२२ र एशियन कप २०२३ को लागि क्वालिफाइङ्ग खेलको अर्को चरण निर्धारित समयमा घोषणा गरिने एक विज्ञप्तिमार्फत फिफा जानकारी दिएको छ । एजेन्सी