गायक तथा संगीतकार बिष्णु तामाङको “लाएउ नजर” सार्वजनिक

काठमाडौं । गायक तथा सगींतकार बिष्णु तामाङको ‘लाएउ नजर’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नो मौलिक लोक संस्कृति झल्काउन खोज्ने क्रममा तामाङ्ले “लाएउ नजर” बोलको लोक तथा दोहोरी गीतत सार्वजनिक गरेका छन ।

गायक, सर्जक तथा एरेन्जर बिष्णु तामाङ र कोपीला न्यौपानेको आवाजमा तयार भएको यस गितमा बैकुण्ठ न्यौपानेको लय तथा शब्द रहेको छ भने गीतको म्युजिक भिडियोमा सञ्जिव ठकुरी र आयुष्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ।

सञ्जिव ठकुरीको निर्देशन, प्रकाश खड्काको छायांकन र पदम सुबेदीको सम्पादनमा तयार भएको भिडियो मिलन फिलिम्स प्रोडक्सन प्रा.ली.को आधीकारीक यूट्यूब च्यानल मार्फत बजारमा आएको छ ।