चन्द समूहका बोहरा पक्राउ

डोटी । नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उहाँलाई बडिकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए ।

“बोहरालाई एनसेल टावरमा आगजनि र क्षति लगायतका गतिबिधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ, बिपिनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।” पाण्डेले जानकारी गराए । पक्राउ परेका बोहरासँग एनसेलमा गरिएको क्षतिलगायत अन्य गतिबिधिका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।