रुपक परियार र स्मृती गौतमको ‘एक्लो बर’ बजारमा

काठमाडौ । रुपक परियार र स्मृती गौतमको स्वरमा ‘एक्लो बर’ बोलको गीत बजारमा आएको छ । रुपक परियारको शब्द र अमृत खातीको लय रहको उक्त गीतको भिडियोमा सञ्जिव ठकुरी, अशोक कुमार सापकोटा, आयुष्मा कार्की र ईशा खत्रीको अभिनय देख्न सकिन्छ ।

नरेन श्रेष्ठको निर्देशन रहेको भिडियोमा अमोन रानाको कोरियोग्राफी, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा रहेको छ । गीत धेरै राम्रो भएको र गीतले धेरै दर्सक–श्रोता कमाउने गायक रुपक परियारले बताए । गीत म्युजिक नेपाल युबटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।