थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक ६० वर्षीय पुरुषको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै काठमाडौंका ६० वर्षीय पुरुषको उपचारका क्रमम मृत्यु भएको जानकारी दिएको हो ।

ती पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।उनी साउन २० गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।