थप १ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार बेलुका विराटनगर महानगरपालिका– ८  मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर स्वाब संकलन गरेको थियो । सोमबार बेलुका करिब साढे ५ बजे उनको मृत्यु भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा सोमबार दिउँसो उनमा कोरोना पोजेटिभ देखिएको हो ।

आइतबार भर्ना भएका पुरुषको सोमबार बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।